काठमाडौ । काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बनेपा नगरपालिका– ७ धनेश्वरमा बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले ठक्कर दिँदा ३९ बर्षीय सिद्धि कुमार लामाको मृत्यु भएको हो।
मंगलबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका काभ्रेकै रोशी गाउँपालिका–८ खार्पाचोकका लामाको उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
शीर मेमोरीयल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई गएराति न्यूरो अस्पताल ल्याएको थियो।
दुर्घटनापछि टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते