पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।
जसअनुसार आठौँ तहमा मेडिकल अधिकृतदेखि आयुर्वेदिक चिकित्सकसम्म माग भएको छ । यसैगरी सातौँ तहमा खाद्य अधिकृतदेखि कृषि अर्थविज्ञसहितका ५४ पदमा दरखास्त आह्वान भएको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
यही असोज ३० सम्म २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने जनाइएका छ ।
यस्तै स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनअनुसार २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीको हकमा पनि उमेर हद नलाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित