काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकमा देखिएको अप्ठ्यारोलाई समाधान गरिने बताएका छन्। सोमबार केन्द्रीय समिति बैठकमा उनले नेपाल असफल राष्ट्र हुन नदिइने पनि बताए ।
खड्काले भने, ‘सबै दलहरू र सिंगो नेपालीलाई साथमा लिएर जनताको निराशालाई आशामा रूपान्तरण गर्छौं। सामाजिक, धार्मिक, जातीय र क्षेत्रीय सद्भावका लागि नवीन अभियान चलाउँछौं।’
उनले नेपाललाई एकताबद्ध गरेर लगिने पनि बताए। ‘नेपाल असफल राष्ट्र हुँदैन, कांग्रेसले असफल राष्ट्र हुन दिँदैन,’ उनले भने, ‘कांग्रेसले नेपाललाई दुर्घटनामा जान दिँदैन, हामी गर्न सक्छौं, सम्भव छ।’
खड्काले कानुनअनुसार नै आममाफी दिइएको बताए । ‘कानुनले व्यवस्था गरेको र संविधानले दिएको छुटअनुसार यति वर्ष जेल सजाय भोग्यो भने, जेलरले चालचलन सुधारका कुरासहित सिफारिस गरेमा छुट्ने पनि छन्,’ उनले भने ।
खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे । ‘केही घटना प्रकृतिका कारणले मानवीय संवेदनालाई छोएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक भए। केही केसमा केही विषयहरू पनि आए। अहिले पाँच/छ सय मुद्दा मिनाहा भएका छन्। त्यो सबै संविधान र ऐनले दिएको सुविधाअनुसार नै भएका छन्।’
सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने व्यवस्था रहेको उनले बताए। ‘आममाफीका केही विषय छलफलका विषय छन्,’ उनले भने, ‘व्यक्ति-व्यक्तिमा म गइनँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्र संवादहीनता र सदस्यता विवादप्रति पूर्णबहादुर खड्काको आपत्ति
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने