सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३०एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो।
पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन्। घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु