काठमाडौं। भरतपुर महानगरपालिकाले नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगला पर्यटकका लागि खुला गर्न पहल थालेको छ ।त्यसका लागि आज मन्त्रालयका प्रतिनिधि, भरतपुर महानगर र स्थानीय प्रशासनसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।
अवलोकनपश्चात् दियालो बंगला पर्यटकका लागि खुला गर्न सकिने सम्भावनाका बारेमा महत्वपूर्ण छलफल भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
उनका अनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महानगरले केही समय अगाडि पर्यटन मन्त्रालय र ट्रष्टको कार्यालयलाई पत्राचार गरेको थियो । त्यसपछि आज त्यसकाे सम्भावनाका बारेमा अध्ययन गर्न स्थलगत अवलोकन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी