काठमाडौं। भरतपुर महानगरपालिकाले नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगला पर्यटकका लागि खुला गर्न पहल थालेको छ ।त्यसका लागि आज मन्त्रालयका प्रतिनिधि, भरतपुर महानगर र स्थानीय प्रशासनसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।
अवलोकनपश्चात् दियालो बंगला पर्यटकका लागि खुला गर्न सकिने सम्भावनाका बारेमा महत्वपूर्ण छलफल भएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
उनका अनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महानगरले केही समय अगाडि पर्यटन मन्त्रालय र ट्रष्टको कार्यालयलाई पत्राचार गरेको थियो । त्यसपछि आज त्यसकाे सम्भावनाका बारेमा अध्ययन गर्न स्थलगत अवलोकन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने