एजेन्सी । अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३० बजे दक्षिण पश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ । त्यसपछि अधिकारीहरूलाई घटनास्थलमा बोलाइयो।
प्रारम्भिक अनुसन्धानका अनुसार तीन जना पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरे। उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।
समाचार अनुसार तीनै जना पुरुष थिए। तीमध्ये एकको उमेर १७ वर्ष र अर्कोको उमेर २० वर्षको थियो भने तेस्रोको ३० वर्षको थियो । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन । समाचार अनुसार प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ असोज २०८०, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?