काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्।
कार्यबाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
कार्यबाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महेन्द्र यादवको महाधिवेशन सम्बन्धी प्रस्ताव व्यक्तिगत हो’ : पूर्णबहादुर खड्का
‘सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ’ : पूर्णबहादुर खड्का
‘प्रतिनिधि सभा विघटन असंवैधानिक’ : पूर्णबहादुर खड्का
‘सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व’: पूर्णबहादुर खड्का
काँग्रेस चुनावमा जान तयार छ: पूर्णबहादुर खड्का
कांग्रेस चुनावबाट भाग्दैन : पूर्णबहादुर खड्का