काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने