संखुवासभा । प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।
पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ