संखुवासभा । प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।
पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ