काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । महामन्त्री शर्माले बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् ।
उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील समेत गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ! हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’
शर्माले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने कर्तव्य राज्यको भएको बताउँदै प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने प्रधान दायित्व भने शिक्षकको भएको बताएका छन् । केही दिनदेखि विद्यालय शिक्षा ऐनको विरोध गर्दै देशभरका राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी आन्दोलनमा होमिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा