कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, ०९ : ०५
कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज

काठमाडौ । नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव अन्तर्गत स्थागित तेस्रो दिनको कार्यक्रम आजका लागि तय भएको छ । 

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि २६ भदौको तेस्रो तथा अन्तिम दिनको कार्यक्रम रोकिएको थियो । 

सोही रोकिएको कार्यक्रम आज हुने कार्यक्रम आयोजक समितिका संयोजक एवं सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस