काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नयाँ संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठुलो परिवर्तन तथा सुधार भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अहिले पनि अनेक खाले शक्तिहरू दृश्य वा अदृश्य रूपमा संविधान विरुद्ध लागिरहेको ले सतर्क रहनुपर्ने बताए ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो, उनले सन्देशमा भनेका छन् ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको नेपालले बताए । जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्दै समाजवाद स्थापना गर्न सकिने नेपालको विश्वास रहेको छ ।
नेपालले सन्देशमा भनेका छ- संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका मौलिक हकहरुको कार्यान्वयन एवम् संविधानकै आधारमा जनतामा जागृत समृद्धिको जनचाहना पुरा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड