राप्रपा नेपालले आज देशब्यापी प्रदर्शन गर्ने

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, ०८ : ४७
राप्रपा नेपालले आज देशब्यापी प्रदर्शन गर्ने

काठमाडौं । राप्रपा नेपालले आज असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ । 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

प्रदर्शनलाई ब्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसायकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिबर्तनमा जोड दिदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्तोलनको तयारीमा रहेको छ।