चट्याङ लागेर एक युवकको मृत्यु, ८ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, ०७ : ४१
चट्याङ लागेर एक युवकको मृत्यु, ८ जना घाइते

काठमाडौ । दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा अन्य आठ जना घाइते भएका छन्।

महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार साँझ स्थानीय महादेव मन्दिरमा तीजको नाचगान हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको हो ।

चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो। घाइते ७ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस