काठमाडौ । दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा अन्य आठ जना घाइते भएका छन्।
महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार साँझ स्थानीय महादेव मन्दिरमा तीजको नाचगान हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको हो ।
चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो। घाइते ७ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते