काठमाडौंकाे तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार उक्त हत्या प्रकरणमा दीपेन्द्रको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । यस घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको थियो ।
गएको शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।
घटनाबारे जानकारी दिन शनिवार बिहान दीपेन्द्र प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनैलाई सबैभन्दा पहिले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिवक्ता भगवती पाण्डे रिहा
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल चलान भएकाहरु धरौटीमा छुटे
नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा