काठमाडौंकाे तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार उक्त हत्या प्रकरणमा दीपेन्द्रको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । यस घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको थियो ।
गएको शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।
घटनाबारे जानकारी दिन शनिवार बिहान दीपेन्द्र प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनैलाई सबैभन्दा पहिले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ सर्वोच्चको आदेशपछि रिहा
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा