काठमाडौ । पाल्पामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुटपिटबाट घाइते भएका उनलाई राति नै उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई राति पौने २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
उनका अनुसार राति साढे १० बजे तीज नाच भइरहेको अवस्थामा खत्री र उनका साथीहरूबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर राति सवा १२ बजे उनीहरूबीच पुन: कुटाकुट भएको उनले बताए ।
झगडा तथा कुटपिटमा संलग्न शङ्कास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु