एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूरपूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि एकअर्कालाई राइफल उपहार दिएको क्रेमलिनले जनाएको छ।
पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच बिहीबार किमसँग भेट गरेका छन्।
‘पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन्।
पेस्कोभले भने, ‘पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिनुभएको छ। यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ’, पेस्कोभले भने, ‘पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गरे।
युक्रेनमा रुसको पूर्ण आक्रमणका कारण रुस-पश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो।
अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रुस इच्छुक रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ भदौ २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ
पुटिनलाई पक्राउ गर्न आग्रह
उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन