डोटी । डोटीमा नगद घुस रकम सहित एक जना सहायक बन अधिकृत पक्राउ परेका छन् । सब-डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. पाँच हजार घुस सहित बिहीबार पक्राउ परेका हुन् ।
स्थानीय जयानन्द ओझाको लालपुर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी डिभिजन बन कार्यालय डोटीले २०७९ साल चैत्र ३ गते कटानी आदेश दिएको व्यवसायी भण्डारीले बताए ।
उक्त दाउराको निकासीका लागि अधिकृत गिरीले १० हजार अगाडी नै लिइसकेको दोस्रो पटक सबै कर्मचारीलाई मिलाउने बहानामा थप रु. पाँच हजार लिने क्रममा गरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नरभान साउँदले गिरीलाई नियन्त्रणमा लिइएको र विस्तृत अनुसन्धानका लागि आवश्यक सोधपुछ भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ