पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान

एजेन्सी

विहीबार, २८ भदौ २०८०, १९ : ०२
पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रुसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन् 

बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन् ।उनले किमको रुस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता मङ्गलवार रुस पुगेका थिए ।

युक्रेनमा रुसको पूर्ण आक्रमणका कारण रुस पश्चिमा र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रुस इच्छुक रहेको बताएका छन् ।