मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रुसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।
पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन्
बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरूप प्राप्त गरेका छन् ।उनले किमको रुस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता मङ्गलवार रुस पुगेका थिए ।
युक्रेनमा रुसको पूर्ण आक्रमणका कारण रुस पश्चिमा र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।
अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रुस इच्छुक रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ भदौ २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार