रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्‍यो ९ गोल

एजेन्सी

मंगलबार, २६ भदौ २०८०, ०८ : ५४
रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्‍यो ९ गोल

एजेन्सी । युरो कप छनोटअन्तर्गत सोमबार राती पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोलले हराएको छ।

पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।

रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।