बीपी महोत्सवको दोस्रो दिन पाँच वटा शीर्षकमा सत्र संचालन

रासस

सोमबार, २५ भदौ २०८०, २१ : ३९
बीपी महोत्सवको दोस्रो दिन पाँच वटा शीर्षकमा सत्र संचालन

काठमाडौँ । नेपाली कांग्रेसद्वारा आयोजित ऐतिहासिक ‘बिपी साहित्य महोत्सव—२०८०’ को दोस्रो सोमबार विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बिहान “वीर गणेशमान” चलचित्र प्रदर्शन गरी प्रारम्भ गरिएको कार्यक्रम त्यसपछि भारतीय प्राध्यापक आनन्द कुमारको ‘माक्र्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेसी सोललिजम टुडे’ कार्यपत्र प्रस्तुत गरियो । 

 आफ्नो धारणाका क्रममा प्राध्यापक आनन्दले— बिपी कोइराला नेपालकै परिभाषा बनेको, बीपी कोइरालाले गणेशमाान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शम्शेर जस्ता सारथीहरू पाएको उल्लेख गरे ।  उनले माक्र्स, गान्धी र बिपीमा केही समानता रहेको उल्लेख गर्दै भने, ‘माक्र्स पूँजीवाद विरुद्ध, गान्धी साम्राज्यवाद विरुद्ध र बिपी कोइराला सामान्तवादका विरूद्ध लडिरहनु परेको थियो । राजनीतिमा चाहिने लङ प्राक्टिस एण्ड क्वीक एक्सन दुईटै कुरा बिपीमा रहेको धारणा उनले राखे । 

कार्यक्रमका संयोजक एवं सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सोमबारको कार्यक्रममा पाँच वटा शीर्षकमा सत्रहरु संचालन भएको बताए ।  दोस्रो सत्र “बिपीले नपाएका १५ वर्ष” को सहजिकरण पार्टीका महामन्त्री गगनकुमार थापाले गरे भने वक्ताको रुपमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा थिए । 

“बिपीका आख्यानमा मधेश” शीर्षकको तेस्रो सत्रमा वक्ताका रुपमा नयनराज पाण्डे र संजीता वर्मा थिए भने सहजिकरण श्याम साहले गरेका थिए । उक्त सत्रमा लाइभआर्ट धनबहादुर याखाले गरेका थिए ।  

त्यसैगरी, चौथो सत्र “अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी” रहेको थियो । सो सत्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका केन्द्रीय सदस्य डा. नारायण खड्का, पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, इन्द्र अधिकारी वक्ताको रुपमा रहेका थिए भने सुधिर शर्माले सत्रको सहजिकरण गरेका थिए । 

यस्तै पाँचौ सत्र “युवा स्रष्टामा बिपी पठन” मा वुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतिक्षा र सुविन भट्टराई वक्ताका रुपमा थिए भने वसन्त बस्नेतले कार्यक्रमको सहजिकरण गरेका थिए । 

दोस्रो दिनको कार्यक्रम समापन करीब ३० जना गजलकारहरुले गजल प्रस्तुत गर्दै सम्पन्न गरिएको पाण्डेले बताए । उनका अनुसार विभिन्न सत्रहरुको बीचमा सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएका थिए । बिपी नगरमा बिहानै देखि सहभागीहरुको आगमनले खचाखच भरिएको थियो । नेपाली कांग्रेस पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, केन्द्रीय सदस्यहरु, मन्त्रीहरु, सांसदहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरु, विभिन्न विधाका विद्धान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

मंगलबार समापन हुने महोत्सवको सुरुमा  बिहान “तीन घुम्ती” चलचित्र प्रदर्शन गरिनेछ । विहान ११ देखि १२ बजेसम्म चल्ने “बिपीको समाजवादी परिकल्पनामा शिक्षा” सम्भाषणमा वक्ताको रुपमा केदारभक्त माथेमा र सहिजकरणमा डिल्लीराम सुवेदी रहनेछन् । त्यसैगरी १२ः१० देखि १ः१० बजेसम्म संचालन हुने “समावेशीता, सामाजिक रुपान्तरण र बिपी” शिर्षकमा चित्रलेखा यादव, आहुति र मोहना अन्सारी वक्ताको रुपमा रहनेछन् ।

त्यसैगरी, अपरान्ह १ः२० देखि २ः२० सम्म संचालन हुने “समय र सबाल्र्टन” मा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनार वक्ताको रुपमा रहेका छन् भने २ः३० देखि ३ः४० सम्म चल्ने “बिपीका आख्यानमा नारी” सत्रमा नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी वक्ताको रुपमा रहनेछन् । 

अन्तिम सत्र ३ः५० देखि ५ः०० बजेसम्म संचालन हुनेछ । “परिवारले बुझेका बिपी” विचारको सत्रको वक्ताको रुपमा पार्टीका केन्द्रीय सदस्यहरु— डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहनेछन् ।
 

प्रतिक्रिया दिनुहोस