काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको बिरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको बिरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो ।
आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए । उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरुले देखाउने बताए । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको बताए ।
प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताए । उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताए ।
उनले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ