महासचिव पोखरेलद्वारा माओत्सेतुको समाधिस्थल अवलोकन

रासस

आइतबार, २४ भदौ २०८०, १३ : ०६
महासचिव पोखरेलद्वारा माओत्सेतुको समाधिस्थल अवलोकन

काठमाडौँ  ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए । 

महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका थिए। महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।

प्रतिक्रिया दिनुहोस