काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका छन् । रास्वपा नेता डोलप्रसाद अर्यालले भने, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं ।’
नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित