समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा गर्दै

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १० : ११
समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा गर्दै

काठमाडौं । समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभाको आयोजना गर्दैछ। शनिबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको थियो।

सातै प्रदेशमा सन्देशसभाको कार्यक्रम तय भएको र सोहीअनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने भएकाे हाे।

हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सभा आज दिउँसो १२ बजे सुरु हुनेछ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायतले सम्बोधन गर्नेछन्।

आज नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने समेत तयारी छ।

यसअघि मोर्चाले सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ।