काठमाडौँ । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकालेको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मूलभूत रूपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले यसलाई सुदृढ गरेर अघि बढ्ने गरी छलफल भएको जानकारी दिए ।
‘मूलभूत रूपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले अघि भने, ‘मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रूपमा परिपूर्ति गर्ने काममा केही सीमा रहे ।’
सोही कारण पनि पछिल्लो दिनमा मोर्चामाथि केही प्रश्न उठेको उनको भनाइ थियो । ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौँ,’ उनले भने ।
समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए ।
त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाकाे बैठक सुरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु