काठमाडौं । बागमती प्रदेश सभामा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन्। दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेश सभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ।
तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन्।
सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने उनले बताए। असार २२ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन।
भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक पनि सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि