काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसिएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनमा बोल्दै पार्टी पुननिर्माणको अभियानमा रहेको र पुनः जनताको पार्टीका रूपमा स्थापित गर्ने बताएका हुन्।
त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न रूपान्तरण अभियान सफल बनाउन जरुरी रहेको पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए।‘जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल पनि हुन्छौं,’ उनले भने। प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए।
सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको भनाइ छ। त्यस्तै भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए।
सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्जर आयोजना सुरूवात गरिएको दाबी गरे। आफू छिट्टै चीन भ्रमणमा जाने र नेपालको विकास र उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेन उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १४ : २९
लेखकबाट थप