एजेन्सी। मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले भूकम्पका कारण ६३२ जनाको ज्यान गएको जनाएको छ ।
त्यहाँको आन्तरिक मन्त्रालयको अद्यावधिक विवरण अनुसार भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । भूकम्पपछि घाइते भएकामध्ये ५१ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ ।अझै कयौँ मानिसहरू भत्किएका घरहरू मुनि पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
भूकम्पका कारण कयौं घर र भवनहरू भत्किएका छन् । माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको स्थानीइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १३ : २२
लेखकबाट थप