काठमाडौ । नेकपा माओवादी केन्द्र यतिबेला विशेष रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि सुरु भएको अभियान आगामी तीन महिनासम्म जारी रहनेछ । यो बीचमा माओवादीले २५ लाख मतदातासम्म पुग्ने लक्ष्य लिएको छ ।
त्यसका लागि घरघरमा पुगेर पार्टीको पक्षमा माहोल बनाउने माओवादीको रणनीति रहेको छ। अभियानका क्रममा माओवादीले जनतासँग लिखित सुझाव नै लिने नीति लिएको छ ।
त्यसका लागि केन्द्रीय कार्यालयले १३ बुँदे प्रश्नसहितको सुझावपत्रको खाका बनाएर मातहतका कमिटीमा पठाइसकेको छ । अभियान अन्तरगत हरेक वडा तहमा नेताहरु खटिनेगरी कार्यविभाजन गरेको माओवादीले १३ बुँदे प्रश्नमार्फत पार्टीलाई सुधार गर्न सहयोगी हुने विश्वास लिएको छ ।
जसमा घरमुलीको परिचय, परिवार संख्यासहित व्यक्तिगत एवं पारिवारिक रूपमा भोग्न परिरहेका समस्याहरू बुँदागत रुपमा सोधिएको छ । यस्तै स्थानीय सरकारका कामकार्बाहीबाट तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?, माओवादीको स्थानीय-जिल्ला तहको पार्टी कमिटी र नेताहरूको भूमिका कस्तो लाग्छ, पार्टी चलायमान, गतिशील र जनताका समस्या सम्बोधन गर्ने खालको बनाउन के–के गर्नुपर्ला ? जस्ता प्रश्न सोधिएका छन् ।
यस्तै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रो कामका विवरण र सन्तुष्टि असन्तुष्टिका विषय पनि प्रश्नमा समावेश गरिएको छ। यस्तै संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने काम र माओवादी पुनर्निर्माणका लागि के गर्नुपर्छ भनेर बुँदागत रुपमा सुझाव पनि माग गरिएको छ ।
जनताको सुझावका रुपमा भरेका फारामहरू स्थानीय तहको कमिटीले डिजिटल (गुगल फाराम) को माध्यमबाट भर्नुपर्ने माओवादीले जनाएको छ । स्थानीय तहको कमिटीको डिजिटल फारामका आधारमा प्रदेश कार्यालयले मंसीर ७ गतेभित्र केन्द्रीय कार्यालयमा लिखित रिपोर्ट पठाउनुपर्ने माओवादी केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन