काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नभएको प्रष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एजेन्डामा आफूहरू एकै ठाउँमा रहेको बताए ।
उनले भने, ‘कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ । म अलि मध्यमार्गी छु । तर हामी एजेन्डामा सँगै छौँ । कुनै असमझदारी छैन ।’
उनले पार्टीको महाधिवेशन विधानअनुसार ०७८ मंसिरमा महाधिवेशन भएकोले अब १५ औँ महाधिवेशन ०८२ भित्रै हुनुपर्ने बताए ।उनले भने, ‘गगनजी नै क्रियाशील सदस्यता छानबिन समितिमा हुनुहुन्छ । त्यसैले पनि समयमै महाधिवेशन हुन्छ भन्ने विश्वास छ ।’
उनले महाधिवेशन आउन अझै अढाइ वर्ष बाँकी भएकोले अहिलेदेखि नै दौडिन आवश्यक नभएको बताए । उनले अहिले संसदीय दलमा शेरबहादुर देउवाको बहुमत भएकाले सम्भव नहुने बताए । अहिले आफूहरू ४० प्रतिशत मात्रै भएकोले १५ औँ महाधिवेशनबाट ६० प्रतिशत पुर्याउन जोड दिनुपर्ने बताए ।
उनले अहिले मुलुकको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अवस्था ठिक नभएको उल्लेख गर्दै अराजकता बढेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्