काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नभएको प्रष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एजेन्डामा आफूहरू एकै ठाउँमा रहेको बताए ।
उनले भने, ‘कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ । म अलि मध्यमार्गी छु । तर हामी एजेन्डामा सँगै छौँ । कुनै असमझदारी छैन ।’
उनले पार्टीको महाधिवेशन विधानअनुसार ०७८ मंसिरमा महाधिवेशन भएकोले अब १५ औँ महाधिवेशन ०८२ भित्रै हुनुपर्ने बताए ।उनले भने, ‘गगनजी नै क्रियाशील सदस्यता छानबिन समितिमा हुनुहुन्छ । त्यसैले पनि समयमै महाधिवेशन हुन्छ भन्ने विश्वास छ ।’
उनले महाधिवेशन आउन अझै अढाइ वर्ष बाँकी भएकोले अहिलेदेखि नै दौडिन आवश्यक नभएको बताए । उनले अहिले संसदीय दलमा शेरबहादुर देउवाको बहुमत भएकाले सम्भव नहुने बताए । अहिले आफूहरू ४० प्रतिशत मात्रै भएकोले १५ औँ महाधिवेशनबाट ६० प्रतिशत पुर्याउन जोड दिनुपर्ने बताए ।
उनले अहिले मुलुकको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अवस्था ठिक नभएको उल्लेख गर्दै अराजकता बढेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला