काठमाडौँ । अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले राजधानीको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।
उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् । अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रकम लिएपछि श्रेष्ठ सम्पर्क भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागको पत्राचारको आधारमा कार्यालयको टोलीले शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ