कोशीमा सत्ता परिवर्तन : मुख्यमन्त्रीमा हिक्मत कार्कीको शपथ साँझ ६ बजे

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १५ : ०६
कोशीमा सत्ता परिवर्तन : मुख्यमन्त्रीमा हिक्मत कार्कीको शपथ साँझ ६ बजे

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गरेर आजै शपथ गराइने भएको छ ।प्रदेश प्रमुखको कार्यालयले साँझ ६ बजेका लागि मुख्यमन्त्रीको शपथ कार्यक्रम तय गरेको छ ।

सर्वोच्चको परमादेशबारे जानकारी प्राप्त भएकाले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँगै शपथको तयारी भएको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गर्न बिहीवार परमादेश जारी गरेको थियो ।

 

संविधानको उक्त उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।यसरी नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिनभित्र  विश्वासको मत लिनुपर्छ । 

विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा १६८(५) अनुसार बहुमत जुटाउन सक्ने सभाको कुनै पनि सदस्यलाई मुख्यमन्त्री बनाउन सकिने व्यवस्था छ ।निवर्तमान मुख्यमन्त्री उद्धव थापा सर्वोच्चको आदेशबाट बिहीवार पदमुक्त भएका छन् ।सभाध्यक्षले दिएको विश्वासको मत बदर भएपछि उनको पद गएको हो ।

प्रतिक्रिया दिनुहोस