काठमाडौं । उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् । उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ