काठमाडौं। थाइल्याण्ड लैजान लागेको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ का ४५ वर्षीय विकास भन्ने विरु, लमजुङको दोर्दी गाउँपालिका ५ का ३४ वर्षीय सुन्दर गुरुङ र ४७ वर्षीय औताराम गुरुङ रहेका छन् ।
यही भदौ ५ गते बाटीक एयरको (डी) १८१ नम्बरको उडानबाट थाइल्याण्ड जान लागेका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनीहरूको साथबाट प्रहरीले ११ किलो ७०० ग्राम अवैध लागुऔषध चरेस बरामद गरेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ