उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई कैद र जरिबाना गर्ने फैसला गरेको छ ।
अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन् ।
जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।
विस २०७८ फागुन १३ गते एक बालिकालाई मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ