बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत आज (मंगलबार) मतदान हुने भएको छ । रातको समयमा मतदान गर्न कठिनाइ हुने भन्दै सोमबार साँझ मतदानका सबै कार्यक्रम स्थगित गरिएको थियो ।
आज बिहान ८ बजेबाट पुन: मतदान कार्य शुरू गरिने निर्वाचन समितिका प्रमुख हरि भण्डारीले जानकारी दिए |
यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो ।
लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिस्पर्धा हुँदै छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।
अधिवेशनमा ५ पदकाे लागि १४ जनाकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा दुई जना , उपाध्यक्षमा ४ जनाकाे उम्मेदवारी परेकाे छ । यस्तै उपसचिवमा पुरुष ३ जना र महिला पनि ३ जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग