बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत आज (मंगलबार) मतदान हुने भएको छ । रातको समयमा मतदान गर्न कठिनाइ हुने भन्दै सोमबार साँझ मतदानका सबै कार्यक्रम स्थगित गरिएको थियो ।
आज बिहान ८ बजेबाट पुन: मतदान कार्य शुरू गरिने निर्वाचन समितिका प्रमुख हरि भण्डारीले जानकारी दिए |
यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो ।
लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिस्पर्धा हुँदै छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।
अधिवेशनमा ५ पदकाे लागि १४ जनाकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा दुई जना , उपाध्यक्षमा ४ जनाकाे उम्मेदवारी परेकाे छ । यस्तै उपसचिवमा पुरुष ३ जना र महिला पनि ३ जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम