बाढीले क्षतिग्रस्त बाह्रबिसे–लिपिङ सडक स्तरोन्नति गर्न सापकोटाको माग

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १४ : ३४
बाढीले क्षतिग्रस्त बाह्रबिसे–लिपिङ सडक स्तरोन्नति गर्न सापकोटाको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको तातोपानी नाका पुग्ने बाह्रबिसे देखि लिपिङसम्म पुग्ने २६ किलोमिटर सडक बाढीले क्षतिग्रस्त सडकको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले लिपिङ क्षेत्रको बजारीकरण व्यवस्थित बनाउनेबारे समयमै सरकारले नसोचे त्यहाँ भयावह अवस्था सिर्जना हुनसक्ने बताए ।

‘दीर्घकालीन र रणनीतिक सोचका साथ लिपिङ क्षेत्रको बजारीकरणका लागि हामीले सोच्नुपर्ने हुन्छ’, सापकोटाको भनाइ छ । उनले चीनको तिब्बत क्षेत्रमा चौरी पालनलाई महत्त्व दिएकाले नेपालबाट ढोड लगायतका घाँस यो नाकाबाट निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस