एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १३ : ४०
एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट

बेइजिङ । चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ । टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए ।

स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईल जानकारी दिए ।तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।