रौतहट । नुहाउन जाँदा रौतहटको चन्द्रपुर-१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।
चन्द्रपुर-१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ।
मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
विक बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। विकको शव पोस्टमार्टमका लागि गौर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला