रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । अधिवेशनस्थलमा सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू पुगिसकेका छन् । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बुटवल आइसकेका छन् ।
अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट निकालिएका र्याली कार्यक्रमस्थल आएका छन् । सम्मेलन केन्द्र परिसरमा खचाखच एमाले कार्यकर्ताले भरिएको छ । कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका नेताहरू बुटवलमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ