गुल्मी । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।
घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना