गुल्मी । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।
घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते