काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो ।
यसबाहेक, सुनको मूल्य बढेको साता चाँदीको समेत मूल्य बढेको छ । तर, यो साता चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि आएको छ ।महासंघले हिजो शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जुन, गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?