गोरखामा शंकास्पद बस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, ०८ : ४२
गोरखामा शंकास्पद बस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

File pic

काठमाडौ । गोरखाको गोरखा नगरपालिका-८ मा शंकास्पद वस्तु फेला परेको छ ।

शनिवार बिहान आँबुखैरेनी सडकखण्डअन्तरगत कट्टेलचोकमा टेप बाँधेर राखेको अवस्थामा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस