नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको बताएका छन् । जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओवादी एकै ठाउँमा उभिसकेको उनले बताएका छन् ।
व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान स्मरण गर्दै चन्दले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए । सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएको भन्दै उनले यस्ता कुप्रचारमाथि माओवादी एकै ठाउँमा उभिएर लड्ने बताए ।
समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले परिवर्तन र गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताएका हुन् । शुक्रबार पोखराको सभागृहमा आयोजित सभामा उनले गणतन्त्र कमजोर हुन थालेपछि, क्रान्तिबाट पछारिएको प्रतिगामी पुन: उठ्न थालेपछि क्रान्तिकारीतर्फ अतिक्रमण हुन थालेको उनले बताए ।
कार्यक्रममा समाजवादी मोर्चाको लक्ष्य र आवश्यकताबारे उनले बोलेका थिए । यस क्रममा चन्दले प्रतिगामीविरूद्धको आन्दोलनमा लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताएका थिए । क्रान्तिकारीलाई पश्चगामी तत्त्वले आक्रमण गर्न खोजेपछि फुटहरू एकता हुन्छन् । उनले कम्युनिस्टको अस्थायी फुटलाई कसैले नकरात्मक रूपमा लिन्छ भने समाजवादी मोर्चाबाट कम्युनिस्ट एक ठाउँमा उभिन आउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव