नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्न मात्र नभई जुट्न पनि जानेको बताएका छन् । जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि माओवादी एकै ठाउँमा उभिसकेको उनले बताएका छन् ।
व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान स्मरण गर्दै चन्दले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए । सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई हत्याराको प्रचार गरिएको भन्दै उनले यस्ता कुप्रचारमाथि माओवादी एकै ठाउँमा उभिएर लड्ने बताए ।
समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै उनले परिवर्तन र गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताएका हुन् । शुक्रबार पोखराको सभागृहमा आयोजित सभामा उनले गणतन्त्र कमजोर हुन थालेपछि, क्रान्तिबाट पछारिएको प्रतिगामी पुन: उठ्न थालेपछि क्रान्तिकारीतर्फ अतिक्रमण हुन थालेको उनले बताए ।
कार्यक्रममा समाजवादी मोर्चाको लक्ष्य र आवश्यकताबारे उनले बोलेका थिए । यस क्रममा चन्दले प्रतिगामीविरूद्धको आन्दोलनमा लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताएका थिए । क्रान्तिकारीलाई पश्चगामी तत्त्वले आक्रमण गर्न खोजेपछि फुटहरू एकता हुन्छन् । उनले कम्युनिस्टको अस्थायी फुटलाई कसैले नकरात्मक रूपमा लिन्छ भने समाजवादी मोर्चाबाट कम्युनिस्ट एक ठाउँमा उभिन आउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह