सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, ११ : २७
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौ । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस