डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, २० : ४८
डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ अगिडाकी १४ वर्षिया निर्मला विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार घर नजिकैको भिरमा घाँस काट्ने क्रममा खसेकी विकको घटनास्थलमै मृत्यु भएको वडा सदस्य रमेश खडायतले जानकारी दिए । मृतक बिक गिरिचौका माविमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस