एजेन्सी । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।
बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संबद्ध विद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरे ।
त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिए । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताए ।
सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ भदौ २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
ग्रिनल्याण्डतर्फ अमेरिकी अस्पताल जहाज परिचालन, कूटनीतिक बहस तीव्र
इरान र अमेरिकाबीच आणविक वार्ता पुन: सुरु हुने