काठमाडौं । एसिया कपको उद्घाटन खेलमा कप्तान बाबर आजम र इफ्तिखर अहमदको शतकमा पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएको छ ।
मुल्तान स्टेडियममा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो ।
पाकिस्तानका लागि बाबरले उत्कृष्ट शतकिय पारी खेले । उनले १४ चौका र ४ छक्काको मद्धतमा १५१ रन बनाए । इफ्तिखर अहमदले पनि ११ चौका र ४ छक्काको मद्धतमा १०९ रनको शतकिय पारी खेले ।
ओपनर फखार जमान र इमाम उल हक भने सस्तोमै आउट हुन पुगे । जमानले १४ र हकले ५ रन मात्रै बनाए । विकेटकिपर मोहम्मद रिजवानले ४४ रन बनाए ।
अघा अली सलमानले ५ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले दुई विकेट लिँदा करन केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । कप्तान रोहित पौडेलले इमाम र दीपेन्द्रसिंह ऐरीले रिजवानलाई उत्कृष्ट रन आउट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा