एजेन्सी । एसिया कपको पहिलो खेलमा आज ओमन र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सवा १२ बजे ओमन र पाकिस्तानको खेल हुँदै छ। इरफान खानको नेतृत्वमा पाकिस्तानी टोली र हमाद मिर्जाको नेतृत्वमा ओमनको टोली मैदानमा उत्रिनेछन्।
एसिया कपका लागि आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा अफगानिस्तान, बाङ्लादेश, हङकङ र श्रीलंका छन् भने समूह ‘बी’मा भारत, ओमन, पाकिस्तान र यूएई छन्।
यस पटक भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलंका र अफगानिस्तानले ‘ए’ टोली पठाएका छन् भने हङकङ, ओमन र यूएईको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा भने एसिया कपमा छनोट हुन सकेको थिएन। नेपालले पछिल्लो पटक सन् २०२३ मा एसिया कप खेलेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा